धोकैधोकाबीच आएको कमेडी च्याम्पियन-३ बाट नि विशालले धोकै पाउने सङ्केत
काठमाडौँ : कमेडी च्याम्पियन सिजन थ्रि ल्याउन विशाल भण्डारीले कम्ती धोका पाएनन्। पहिला त यो कार्यक्रम ल्याउन हिट लिस्टमा चढिसकेको कमेडी क्लब विथ च्याम्पियन्स बन्द गर्नुपर्यो।
धोकाको प्रारम्भ यसैबाट भयो। किइन्टरटेनमेन्टले उनकेै कार्यक्रमको नाममा थपथाप गरेर नयाँ समूहसहित प्रसारण गरेर हिट कार्यक्रमलाई तन्नम सूचिमा ल्याइदियो।
उता उनी कमेडी च्याम्पियनको तयारी सकाएर 'छिट्टै आउँदै'को फोटो सामाजिक सञ्जालमा राखेर बस्न बाध्य भए। कारण प्रसारण संस्थाको लिङगरिङ।
कान्तिपुर टिभीले कार्यक्रम प्रसारणको मिति सारेको सार्यै गरेर हत्तु बनायो। अर्कोतिर टिमटिम फुुट्ने डर।
उनी मुलपानीतिर आफ्नै स्टुडियो बनाउनतिर लागे। यता आफ्ना शुभेच्छुकले कार्यक्रमको नामै बिर्सिएलान् भनेर हरेक चाडपर्वको शुभकामनामा कार्यक्रमको नाम राखेर शुभकामना दिएर नाम सम्झाइरहे।
धन्न, शुक्रवार कमेडी च्याम्पियन सिजन थ्रीको पहिलो एपिसोड प्रसारण भयो। विशाल भण्डारीले शीघ्र प्रसारणको ट्यागबाट मुक्त भए।
तर धोकाकोक्रम यतिमै रोकिने सङ्केत देखिएन। सबैभन्दा ठुलो धोका त स्टुडियोले नै देला जस्तो देखियो।
स्ट्याण्डअप कमेडीमा प्रतियोगी र निर्णायकबिच निश्चित दुरी त हुनुपर्छ। तर शुक्रवार प्रसारित कार्यक्रममा स्टेज निकै सानो र प्रतियोगी र निर्णायक निकै नजिक देखियो।
अझ निर्णायकको पछाडिबाट लिइएको सटहरूको त बिजोगै देखियो। एउटा कोठामा स्टुडियो बनाएजस्तै देखियो। यस्तो बिजोग सट नखिचे बरु कार्यक्रमको स्टुडियोको इज्जत जोगिन्थ्यो कि!
पहिलो एपिसोडको फिजिकल प्रस्तुतिमा सहभागी प्रतियोगीकै स्तरका अन्य प्रतियोगी हुन् भने पनि यो पाली अर्को धोका हुने जोखिम देखियो। ठिकठिकैका भन्नेतहका नि देखिएनन्।
यस्तो कार्यक्रममा सहभागी बिस्तारै माझिँदै गएको देखिन्छ। तै पनि कमेडियन हुनेसम्मको आधारभूत क्षमता त हुनुपर्यो नि। धोका हुन्छ त? बाँकी एपिसोडले देखाउने छ नेै।
फागुन ५, २०८० शनिबार १५:४९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।