मधेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार विश्वासको मत लिने भएका छन्। मधेश प्रदेशसभा सचिवालयले सूचना जारी गरी आइतबार दिउँसाे २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी दिएको छ।

जनमत पार्टीले गत माघ ९ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टीका दुई मन्त्रीले राजीनामा गराएको थियो।

सरकारबाट जनमत पार्टीको बहिगर्मनसँगै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ।

गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाएका छन्।

१०७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। मधेश प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारमा छन्।

५ फागुन, २०८०, १५:२५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।