बसले प्रहरी भ्यानलाई ठक्कर दिँदा डिएसपीसहित पाँच घाइते

बसले प्रहरी भ्यानलाई ठक्कर दिँदा डिएसपीसहित पाँच घाइते

काठमाडौं : बसले प्रहरीको भ्यानलाई ठक्कर दिँदा काठमाडौं जिल्ला परिसरका डिएसपी पवन भट्टराईसहित पाँचजना घाइते भएका छन्।

साढे ११ बजे बसले बा २ झ १२६ नम्बरको डिएसपी भट्टराईले प्रयोग गर्ने प्रहरी भ्यानलाई ठक्कर दिएको थियो।

बबरमहलमा भएको दुर्घटनामा घाइते प्रहरीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

बसका चालक प्रहरी नियन्त्रणमा छन्।

फागुन ५, २०८० शनिबार १२:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।