नेदरल्याण्ड १३७ रनमा अलआउट, कुशल भुर्तेल एक्लैले लिए चार विकेट
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको दोस्रो खेलमा नेदरल्यान्ड १३७ रनमा अलआउट भएको छ। योसँगै नेपालले १३८ रनको लक्ष्य पाएको छ।
टस हारेर पहिला ब्याटिङमा तानिएको नेदरल्यान्डले ३९ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको हो।
उसका लागि कप्तान स्कट एडवार्डले सर्वाधिक ३३ रन बनाए।
बस दी लिडे २७, साइब्रान्ड इन्गलब्रेच २३, नोच क्रोश १२, आर्यन दत्त र म्याक्स ओ डाउन समान १० रनमा आउट हुँदा केल क्लेनले अविजित १० रन जोडे।
नेपालका कुशल भुर्तेलले चार विकेट लिँदा ललित राजवंशी दुई तथा रोहित पौडेल र सोमपाल कामीले एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
फागुन ५, २०८० शनिबार १२:१९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।