ललितले लिए दोस्रो विकेट, नेदरल्यान्डको चार विकेट खस्यो
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ।
बीसौं ओभरमा दोस्रो बलमा २७ रन बनाएका बास दी लीडेलाई राजवंशीले बोल्डआउट गरेका हुन्।
यसअघि सोह्रौं ओभरको चौथो बलमा साइब्रान्ड एन्जलब्रच्टलाई ललित राजवंशीले अनिल शाहबाट क्याचआउट गराएका हुन्।
त्यसअघि छैटौं ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए भने खेलको तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए।
आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेदरल्यान्ड्सले १८ ओभरको समाप्तीमा तीन विकेटको क्षतिमा ६१ रन बनाएको छ।
पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो।
फागुन ५, २०८० शनिबार ११:००:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।