तीन वर्षीय बालकलाई ठक्कर दिएर मोटरसाइकल फरार, बालकको मृत्यु

तीन वर्षीय बालकलाई ठक्कर दिएर मोटरसाइकल फरार, बालकको मृत्यु

चितवन : जिल्लाको भरतपुरमा मोटरसाइकलले ठक्करबाट एक बाललको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-१२ गोन्द्राङमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने सुनिता श्रेष्ठाका तीन वर्षीय छोरा बिमर्श श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

ठक्कर दिने मोटरसाइकल फरार भएकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।

फागुन ५, २०८० शनिबार ०८:५५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।