नेदरल्यान्डविरुद्ध नेपालले टस जित्यो, टोलीमा दुई परिवर्तन

नेदरल्यान्डविरुद्ध नेपालले टस जित्यो, टोलीमा दुई परिवर्तन

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ।

नेपाल कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

पहिलो खेलमा चार विकेटले पराजित भएको थियो।

नेपाली टोलीले आजको खेलमा दुई परिवर्तन गरेको छ।

दीपेन्द्रसिंह ऐरी र देव खनाल टोलीमा आउँदा पछिल्लो खेलबाट करण केसी र पवन सर्राफ बाहिरिएका छन्।

प्लेइङ ११:-
रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

फागुन ५, २०८० शनिबार ०८:४५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।