परिवारमा मेडिकल इमर्जेन्सी परेपछि इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्टकै बीचमा रविचन्द्रन अश्विनद्वारा नाम फिर्ता

परिवारमा मेडिकल इमर्जेन्सी परेपछि इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्टकै बीचमा रविचन्द्रन अश्विनद्वारा नाम फिर्ता

काठमाडौं : स्पिन बलर रविचन्द्रन अश्विनले इंग्ल्याण्ड विरुद्धको राजकोट टेस्टबाट आफ्नो नाम फिर्ता लिएका छन्।

परिवारमा मेडिकल इमर्जेन्सीका कारण अश्विनले तत्कालै आफ्नो नाम फिर्ता लिएको बीसीसीआईले जनाएको छ।

अश्विन अहिले घर फर्किएका छन्। तर, उनको स्थानमा प्लेइङ-११ मा कसलाई समावेश गर्ने भन्नेबारे भने घोषणा गरिएको छैन। यो खेलमा अश्विनले टेस्ट क्रिकेटमा ५०० विकेट पूरा गरेका छन्।

‘यो गम्भीर अवस्थामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र टोलीका खेलाडी र कर्मचारीलगायत सबै सदस्यको अश्विन र उनको परिवारलाई पूर्ण समर्थन छ,’ बीसीसीआईले ट्वीट गर्दै लेखेको छ, ‘भारतीय बोर्ड र टोलीले यस्तो अवस्थामा अश्विनलाई सबै सुविधा उपलब्ध गराउनेछ। आवश्यक परे त्यसका लागि अश्विनसँग वार्ता जारी रहनेछ।’

बीसीसीआईले फ्यान र अन्यलाई अश्विन अहिले चुनौतीपूर्णा समयबाट गुज्रिरहेको भन्दै खेलाडी र उनीहरूको परिवारको गोपनीयता कायम राख्न अपील गरेको छ।

फागुन ५, २०८० शनिबार ०८:१९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।