रुसी राष्ट्रपतिका कट्टर आलोचक नाभाल्नीको जेलमा मृत्यु, पुटिन नै जिम्मेवार रहेको बाइडेनको आरोप

रुसी राष्ट्रपतिका कट्टर आलोचक नाभाल्नीको जेलमा मृत्यु, पुटिन नै जिम्मेवार रहेको बाइडेनको आरोप

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको मृत्यु भएको छ।

रुसको जेलमा रहेका उनको शुक्रबार ४७ वर्षको उमेरमा मृत्यु भएको रुसी जेलका अधिकारीहरूले जनाएका छन्।

अनलाइनमा जारी गरिएको एक विज्ञप्तिमा हिँड्दाहिँड्दै उनको स्वास्थ्य एक्कासी खराब भएको थियो।

त्यसको केहीबेरमै बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ।

नाभाल्नीको मृत्युमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति पुटिन जिम्मेवार रहेको आरोप लगाएका छन्।

नाभाल्नीको मृत्युले आफू अचम्मित नभएर आक्रोशित भएको बाइडेनले बताए।

उनले भने, ‘उनी बहादुरीपूर्वक भ्रष्टाचार, हिंसा र पुटिन सरकारको सबै खराब काम र निर्णयहरूविरुद्ध उभिएका थिए। पुटिन नै नाभाल्नीको मृत्युको जिम्मेवार छन्।’

फागुन ५, २०८० शनिबार ०७:५९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।