कोशी प्रदेशका विभिन्न स्थानमा आज नौ घण्टा विद्युत् आपूर्ति बन्द हुने

कोशी प्रदेशका विभिन्न स्थानमा आज नौ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : शनिबार कोशी प्रदेशका विभिन्न स्थानमा आज नौ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना निकालेर ओखलढुंगा वितरण केन्द्र र बेलबारी वितरण केन्द्र मातहतका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो।

प्राधिकरणका अुनसार ओलढुंगा वितरण केन्द्र अन्तर्गत ओखलढुंगा, रुम्जाटार र पोखरे फिडरबाट आपूर्ति हुने विद्युत् विहान आठ बजेदेखि साँझ पाँच बजेसम्म बन्द हुनेछ।

ओखलढुंगा सवस्टेशनमा ११ केभीको पुरानो ब्रेकरहरू बदलेर नयाँ ब्रेकर राख्नुपरेकाले चिन्साङ्खुगढी, मानेभञ्ज्याङ, सिद्धिचरण, रुम्जाटार, ओखलढुंगा बजार, सल्लेरी, बेतेनी, जनताखानी, मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकामा विद्युत् आपूर्ति बन्द हुन लागेको हो।

त्यसैगरी बेलबारी वितरण केन्द्र अन्तर्गत लेटाङ फिडर अन्तर्गत रहेका लेटाङ नगरपालिाका सम्पूर्ण क्षेत्र र मिक्लाजुङ गाउँपालिकाका वडा नम्बर १, ४ र ५ मा विद्युत् आपूर्ति बन्द हुँदैछ। यस क्षेत्रमा भने विहान १० बजेदेखि साँझ पाँच बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

फागुन ५, २०८० शनिबार ०७:४६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।