यौन हिंसाको आरोपमा कृष्ण कँडेलको व्यङ्ग्य, आफूलाई सिद्ध्याउन लागेको दाबी

यौन हिंसाको आरोपमा कृष्ण कँडेलको व्यङ्ग्य, आफूलाई सिद्ध्याउन लागेको दाबी

काठमाडौँ : टेलिभिजनहुँदै अहिले युट्युबमा लोक तथा दोहोरी कार्यक्रम ‘इन्द्रेणी’मा कार्यक्रम सञ्चालकका कृष्णा कँडेलमाथि उनका पूर्व सहकर्मीहरूले यौन दुर्व्यवहार र यौन हिंसा गरेको आरोप लगाए।

बिहीबार उनीहरूले पत्रकार सम्मेलनै गरेर गम्भीर आरोप लगाएका थिए। उनीहरूले कँडेलले समाजसेवाको नाममा उठाएको पैसा दुरुपयोग गरेर नयाँ बानेश्वरमा ६ करोडको घरजग्गा किनेको आरोप समेत लगाए।

त्यसको प्रतिउत्तरमा कँडेलले शुक्रवार पत्रका सम्मेलन गरेर आफूलाई सिद्ध्याउन केही तत्त्व लागि परेको दाबी गरे। उनले पत्रकार सम्मेलनमा रोएकी गायिका शर्मिला श्रेष्ठको बानी नै रुने हो भन्दै व्यङ्ग्य गरे।

‘ह्यारेस्मेन्ट गर्यो भन्नुभयो शर्मिला बैनीले। यति रुनुभयो,उहाँको रुने बानी हो’ उनले भने'ह्यारेसमेन्ट गरेको भए तीन वर्ष किन नबोलेको त।'

उनीमाथि इन्द्रेणीको हलमा यौन दुर्व्यवहार गरेको, कार्यक्रममा काम गर्ने महिला सहकर्मीको कोठामा आउन खोज्ने, यौन दुर्व्यवहार र यौन हिंसा गरेको गम्भीर आरोपहरू समेत लागेको थियो। तर उनले उनले कसैलाई ह्यारेसमेन्ट नगरेको र तेल लगाउन आइज पनि नभनेको दाबी गरे।

उनले अभिभावक भएकाले महिला सहकर्मीको कोठामा गए पनि गलत नियत नभएको दाबी गरे। उनले काममा ब्यस्तहुँदा श्रीमतीसँग समेत घुम्न नपाएको दाबी गरे।

‘कति वर्ष पहिला काँ तेल लगाउन आँ भने अरे? इन्द्रेणी फुडल्याण्डमा अरे। चार-पाँच वर्ष पहिला लकडाउनको बेलामा,हरे मैले त त्यही दिन दुख पर्यो भनेर आउनुभएको थियो। मैले राहत दिएर पठाइदिया हो। श्रीमानको जागिर जान्छ भनेर नभन्या रे। त्यतिबेला नै भन्दिया भा हुँदैन,मलाई यस्तो गरेको भनेर’ उनले भने।

उनले देश तथा विदेशबाट पैसा उठ्न छाडेपछि तलब दिन नसक्ने भएपछि केही कर्मचारीलाई बिदा गरेको दाबी गरेका थिए।

उनीमाथि सहयोग रकम दुरुपयोग गरेको आरोप लाग्ने गरेको धेरे भयो। उनले हरेक कुराको हिसाबकिताब लेख्ने गरेको दाबी गर्छन्। तर सार्वजनिक गर्दैनन्। शुक्रवार पनि त्यही दाबी गरे।

‘अस्ति भूकम्पमा जाँदा ९१ लाख बाँडेर आए। प्रत्येकको २० रुपैयाँ दिनको पनि नाम पढेर आए। आर्थिक लुट्छ खान्छ, ह्यारेसमेन्ट गरिदियो भन्नुभयो उनले भने।

फागुन ४, २०८० शुक्रबार १९:०१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।