इलेक्ट्रिक मिनिभ्यान डिएफएसके डाँफेको राष्ट्रिय साझेदार बन्यो ग्रिन अटोमोबाइल्स
काठमाडौँ : दिगो ग्रुपले डिएएफएसक् डाँफेको बिक्री र वितरणका लागि ग्रिन अटोमोबाइल्ससँग सम्झौता गरेको छ।
दिगो अन्तर्गत एनइभी नेपाल प्रालीले चार वर्षदेखि ११ सिटर इलेक्ट्रिक मिनिभ्यान डिएफएसके डाँफे बिक्री गर्दै आएको छ।
दिगो नेपालमा विद्युतीय सवारीसाधनको इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित रहेको बताइएको छ। उनीहरूले नेपाली बजारमा विद्युतीय सवारीसाधनको बिक्री, सर्भिस र स्पेयर पार्ट्सका साथै दिगो मार्फतका अन्य भागहरूले विद्युतीय सवारीसाधन भाडामा दिने र चार्जिङ समाधानहरू उपलब्ध गराउँदै आएका छन्।
ग्रिन अटोमोबाइल्सका प्रतिनिधि अर्जुन कार्कीले डिएफएसके डाँफेको लागि दिगोको राष्ट्रिय साझेदारको रूपमा छनोट हुन पाउँदा खुसी लागेको बताए। उनले मिनिभ्यानहरू नेपालभरका उपभोक्ताले रुचाएको बताए।
दिगो ग्रुप अफ कम्पनीजका अध्यक्ष राजन रायमाझीले डिएफएसके डाँफेलाई नेपालभरका प्रयोगकर्तामाझ पुर्याउन ग्रिन अटोमोबाइल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए।
फागुन ४, २०८० शुक्रबार १७:३६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।