भारत-इंग्ल्याण्ड टेस्ट म्याच : रविन्द्र जडेजामाथि गालीको वर्षा, डेब्यु खेलमा भएको रनआउटबारे बोले सरफराज

भारत-इंग्ल्याण्ड टेस्ट म्याच : रविन्द्र जडेजामाथि गालीको वर्षा, डेब्यु खेलमा भएको रनआउटबारे बोले सरफराज

एजेन्सी : इंग्ल्याण्डविरुद्धको तेस्रो टेष्ट खेलमा डेब्यू गरेका सरफराज खानको रनआउटको निकै चर्चा भइरहेको छ।

पहिलो खेलमा उनको अर्धशतक होस् वा उनी आउट हुने तरिका या त त्यसमा रोहित शर्माको प्रतिक्रिया, सरफराज खान बिहीबारदेखि सामाजिक सञ्जालमा ट्रेन्डिङ गर्न थालेका छन्।

रविन्द्र जडेजाले खेद व्यक्त गरे पनि सर्फराजको रनआउटको दोष उनलाई नै लगाइरहेका छन्। तर, सरफराजले यसलाई खेलको हिस्सा बताएका छन्।

उनले भनेका छन्, ‘खेलमा कहिलेकाहिँ मिसकम्युनिकेसन भइहाल्छ। यो खेल को हिस्सा हो। कहिले रन आउट हुन्छ र कहिले हुन्न। यी कुराहरू भइरहन्छन्।’

सर्फराज खानले आफ्नो टेस्ट करियरको पहिलो इनिङ्समा ९ चौका र एक छक्काको मद्दतले ६६ बलमा ६२ रन बनाए।

पहिलो दिनको खेल सकिएपछि सरफराजलाई उनको अनुभवबारे सोध्दा उनले भने, ‘मलाई धेरै राम्रो लाग्यो। म पहिलो पटक मैदानमा आएको हुँ। मैले क्याप पाएँ, मेरो बुवा पनि त्यहाँ हुनुहुन्थ्यो। उहाँले मलाई छ वर्षको उमेरदेखि क्रिकेट सिकाउनुभो। उहाँको जीवनकालमा एकपटक भारतीय टोलीबाट खेल्ने सपना थियो।’

घरेलु क्रिकेटमा उत्कृष्ठ प्रदर्शनपछि उनले राष्ट्रिय टोलीमा मौका पाएका हुन्। उनको डेब्युका क्रममा उनका बुवा नौसात खान स्टेडियमम पुगेका थिए।

सरफराजले क्याप पाएपछि उनका बुवा र श्रीमती निकै भावुक भएका थिए। अनिल कुम्बलेले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए। उनीहरूको उक्त क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

फागुन ४, २०८० शुक्रबार ०८:५८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।