दिल्लीको केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

दिल्लीको केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

एजेन्सी : बिहीबार दिल्लीको अलिपुरमा रहेको केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।

आगलागीले नजिकैका पसल र घर जलेर नष्ट गरेको थियो। धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट देखिएको थियो। करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो।

त्यसपछि खोजी अभियानमा सातै जनाको शव निकालिएको थियो। भित्र फसेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

आगो लागेपछि नजिकैका मानिसहरू भागेर ज्यान बचाउन पुगेका थिए। आगलागीको कारण अझै थाहा हुन सकेको छैन।

बिहीबार साँझ करिब ५ः३० बजे अलिपुरको एच ब्लक दयाल मार्केटमा रहेको केमिकल गोदाममा आगलागी भएको जानकारी प्रहरी र दमकल विभागलाई प्राप्त भएको दमकलले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको दमकलले २२ वटा दमकलको सहयोगमा तीन घण्टाभित्र आगो नियन्त्रणमा लिएको थियो।

फागुन ४, २०८० शुक्रबार ०८:३५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।