चार प्रदेशमा आंशिक बदली, गण्डकीमा हल्का वर्षाको सम्भावना

चार प्रदेशमा आंशिक बदली, गण्डकीमा हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ।

तराई-मधेशका केही स्थानमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। 

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

राति कोशी र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

फागुन ४, २०८० शुक्रबार ०७:२३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।