माओवादीले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, नाम र चुनाव चिन्ह नफेरिने

काठमाडौं : माओवादी केन्द्रले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ।
मंगलबारदेखि काठमाडौंमा जारी विधान अधिवेशनमा प्रतिनिधिहरूले पठाएको सुझावको जवाफ दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले १ सय ९९ केन्द्रीय समिति बनाउने बताए। उनका अनुसार ती सबै सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्।
उपाध्यक्ष पम्फा भूसालको नेतृत्वमा बनेको विधान मस्यौदा समितिले १५१ सदस्यीय केन्द्रीय समिति बनाउन सिफारिस गरेको थियो।
केन्द्रीय सदस्यको एक तिहाइ स्थायी कमिटी र ११ जनाको केन्द्रीय कार्यालय बनाउने जानकारी पनि प्रचण्डले बैठकलाई गराएका छन्।
बैठकमा पार्टीको नाम र चुनाव चिह्न पनि फेर्ने प्रस्ताव आएको थियो तर प्रचण्डले अहिले नाम र चुनाव चिह्न भने परिवर्तन नहुने जानकारी गराएका छन्।
फागुन ३, २०८० बिहीबार १७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।