१४ अंकले घट्यो नेप्से

१४ अंकले घट्यो नेप्से

काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक १४.४६ अंकले घटेर बन्द भएको छ। ०.६९ अंकले घटेर २०६२.०३ विन्दुमा झरेको हो।

आज ३०५ धितोपत्रको एक करोड १४ लाख सात हजार २६४ कित्ता सेयर तीन अर्ब ६ करोड ९१ लाख एक हजार ७४१ रुपैयाँमा किनबेच भएको छ।

१३ वटा उप-समूहमध्ये १२ को समूहगत सूचक घटेको छ। उत्पादन तथा प्रशोधन उप-समूहको समूहगत सूचक ०.१५ प्रतिशतले बढेको छ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको २२ करोड ८५ लाख ७६ हजार दुई सय ६७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले घटेको छ।

फागुन ३, २०८० बिहीबार १६:३२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।