विश्वकप लिग-२ : पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित

विश्वकप लिग-२ : पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित
तस्बिर : क्यानको फेसबुकबाट !

काठमाडौं : आईसीसी विश्वकप लिग-२ त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अल आउट हुँदै १३२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो।

नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए।

त्यस्तै, जान निकोलले ३१ रन, माइकल भान लिनगेनले २३ रन तथा निकोलास डाविनले १५ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। रोहित पौडेले पनि एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए।

त्यस्तै, गुलसन झाले २१ रन बनाए। उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए।

फागुन ३, २०८० बिहीबार १६:१४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।