बादलको ‘सोल्टिनी’ बजारमा

बादलको ‘सोल्टिनी’ बजारमा

काठमाडौं : गायक बादल लिम्बूको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ।

गीतकार शान्ति लिम्बुले लेखेको लोक शैलीको यो गीतमा बादल स्वयंले संगीत भरेका छन्।

भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक भएको यो गीतको भिडियोमा जुम्ल्याहा कलाकार गंगा लिम्बू र जमुना लिम्बू सोल्टिनीको भूमिकामा फिचर्ड छन्। उनीहरूसँगै भिडियोमा गायक बादलसँगै कलाकार भूपु लिम्बूको समेत अभिनय छ।

‘यो रोमान्टिक शैलीको प्रेम गीत हो। गीतमा लिम्बु संस्कृतिको लय झल्किएको अनुभूति गर्न सकिन्छ,’ गायक लिम्बुले भने।

उदयराज पौडेलको एरेन्ज, अनिल रानाको सम्पादन रहेको यो गीतको भिडियोको छायांकन र निर्देशन किरन राईले गरेका हुन्।

गीतलाई मुन्धुम स्टुडियोले सार्वजनिक गरेको हो।

फागुन ३, २०८० बिहीबार १५:४६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।