‘अर्को विश्व सम्भव छ’ भन्दै विश्व सामाजिक मञ्चले सुरू गर्यो सम्मेलन

‘अर्को विश्व सम्भव छ’ भन्दै विश्व सामाजिक मञ्चले सुरू गर्यो सम्मेलन

काठमाडौं : आजदेखि विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन काठमाडौंमा सुरू भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६ औं सँस्करण सुरू भएको हो।

७ गते सम्म हुने सम्मेलनको उद्घाटनका दिन विश्वका विभिन्न देशका सांस्कृतिक झाँकीसहित र्याली निकालिएको छ।

सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूला-साना गरी ४ सय २ वटा कार्यक्रम र विश्वभरबाट ९२ देशका १ हजार २ सय ५२ वटा संस्था तथा समूह स्वआयोजकका रुपमा दर्ता भएको आयोजकले जनाएका छन्।

कार्यक्रममा विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने र विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ।

त्यस्तै, आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र हिंसा, खाद्य सम्प्रभूता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने आयोजकले जनाएका छन्।

फागुन ३, २०८० बिहीबार १५:३३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।