आईसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरुद्ध नेपाल १३२ रनमा अलआउट

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नामिबियाविरुद्ध नेपाल १३२ रनमा अलआउट

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियाविरुद्ध रनमा १३२ अलआउट भएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १३२ रन बनाएको हो। नामिबियाले जितको लागि १३३ रन बनाउनुपर्नेछ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए। त्यसबाहेक गुल्सन झा २१, करण केसी १६, कुशल मल्ल १५, पवन शर्राफ १२ रनमा आउट भए।

नेपालका टप अर्डरले रन बनाउनै सकेन। कुशल भुर्तेल पहिलो बलमै आउट हुँदा आशिफ शेख ४, अनिल शाह ८, रोहित पौडेल १, सोमपाल कामी २ रन बनाएर आउट भए। ललित राजवंशी अविजित रहे।

नामिबियाका गेरहार्ड इराशमसले पाँच विकेट लिँदा रुबेन ट्रम्पेलमेन र ज्याक ब्रसेलले समान दुई–दुई तथा जान निकोल लोफ्टी इटनले एक विकेट लिए।

नामिबियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

फागुन ३, २०८० बिहीबार १२:३२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।