कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका दशै जनाको सनाखत

कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका दशै जनाको सनाखत

काठमाडौं : कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा रौतहटको औराही-३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी, सल्यान सौनिक हल-३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुन कुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन्।

यस्तै भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कन्चनपुर सन्जु थापा, पुनर्वास नगरपालिकाका किसन भट्टको पनि दुर्घटनामा मृत्यु भएको छ।

त्यस्तै भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका-२ बस्ने सुदिप भट्ट र पुनर्वास नगरपालिका-९ बिसफाटा बस्नेविमला देवी भट्टको पहिचान खुलेको छ।

राती १ बजे महेन्द्रनगरबाट काठमाडौं सुनौलो महाकाली यातायातकाे सुप-प्र-०२-००१ ख ००९८ नम्बरको बस दुर्घटनामा परेको हो। बस बाटोबाट २ सय मिटर तल खसेको हो।

दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ। अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायवउपरीक्षक हरि वलीले बताए।

फागुन ३, २०८० बिहीबार १२:०१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।