आईसीसी विश्वकप लिग-२ : नामिबियाविरुद्ध नेपालले टस हार्यो
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतकाे पहिलो सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले टस हारेको छ।
नामिबियाका कप्तान गेरहार्ड इराशमसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपाल ब्याटिङमा तानिएको हो।
तीन वर्षसम्म चल्ने सिरिजका शीर्ष ४ टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। खेल २०२४ देखि २०२७ सम्म चल्नेछ।
एक दिवसीय अन्तर्राष्ट्रियमा यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले २ र नामिबियाले ३ खेल जितेका छन्। १ खेल भने नतिजाविहीन छ।
लिग टु का लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ।
यस पटक ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनालले टोलीमा पुनरागमन गर्दा रिजन ढकाल र अर्जुन साउद बाहिरिएका छन्।
हालै सम्पन्न क्यानडाविरुद्धको सिजिर क्लिनस्विप गर्दा अनिल र देवले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस्तै क्यानडासँगको सिरिजमा विश्राम पाएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि लिग टु टोलीमा समावेश छन्।
तर, हाल युएईको फ्रेन्चाईज लिग इन्टरनेशनल लिग आईएल ट्वेन्टी ट्वेन्टीमा गल्फ जायन्टसबाट खेलिरहेका दीपेन्द्रले लिग टु को पहिलो खेल भने गुमाउने छन्।
नेपालको टोली:
रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी,
बेन्च: सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख
फागुन ३, २०८० बिहीबार ०८:४७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।