हेटिचको अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

हेटिचको अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

काठमाडौं : नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ।

कम्पनीको अत्याधुनिक फर्निचर फिटिङ्स नेपाली बजारमा प्रस्तुत गर्ने उदेश्यअनुरुप आफ्नो नयाँ एप्लिेकसन सेन्टर उद्घाटन गरेको हो।

हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यावसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरू उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। सो कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना)का अध्यक्ष ईश्वरलाल जोशी रहेका थिए।

तीन हजार स्क्वायर फिट भन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिङ तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गर्दछ।

यस एप्लिकेसन सेन्टरमा ग्राहकहरूले आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने भएको छ।

कार्यक्रमबारे बोल्दै हेटिच इन्डिया, मध्य पूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक आन्द्रे इकहोल्टले कम्पनीका लागि नेपाली बजार महत्वपूर्ण भएको र अझै वृद्धिको सम्भावना देखेको बताए।

फागुन ३, २०८० बिहीबार ०८:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।