अमेरिकी राष्ट्रपति चुनावबारे पहिलो पटक बोले पुटिन, भने- ‘ट्रम्पभन्दा बाइडेन ठिक’
एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुन लागेको अमेरिकी राष्ट्रपतीय चुनावलाई लिएर पहिलोपटक टिप्पणी गरेका छन्।
बुधबार एक अन्तर्वार्तामा पुटिनले आफूले डोनाल्ड ट्रम्पभन्दा जो बाइडेनलाई बढी प्राथमिकता दिने बताएका हुन्। यद्यपि उनले आफू कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न इच्छुक रहेको पनि बताए।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार पुटिनलाई सोधिएको थियो कि रुसका लागि डेमोक्रेट बाइडेन कि रिपब्लिकन ट्रम्प राम्रो?
जवाफमा पुटिनले भने, ‘बाइडेन, उहाँ धेरै अनुभवी हुनुहुन्छ। उहाँले के गर्नुहुन्छ, त्यो थाहा हुन्छ।’
अमेरिकामा यसै वर्ष निर्वाचन हुँदैछ। यसपटक अमेरिकी राष्ट्रपति चुनावमा बाइडेन र ट्रम्प आमनेसामने हुन सक्ने अनुमान गरिएको छ।
पुटिनले अमेरिकी चुनावको सन्दर्भमा पहिलो पटक मिडियामा बाेलेका हुन्।पुटिनले अमेरिकी जनताले विश्वास गर्ने राष्ट्रपतिसँग काम गर्न तयार रहेको समेत स्पष्ट पारेका छन्।
फागुन ३, २०८० बिहीबार ०७:५५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।