आजको मौसम : कोशीमा हल्का वर्षाको सम्भावना, बाँकी दुई प्रदेशमा बदली हुने

आजको मौसम : कोशीमा हल्का वर्षाको सम्भावना, बाँकी दुई प्रदेशमा बदली हुने

काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

फागुन ३, २०८० बिहीबार ०७:२०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।