कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० जना घाइते

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० जना घाइते

बुटवल : कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।  

राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली  यातायातको सूप-प्र-०२-००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ।

अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

फागुन ३, २०८० बिहीबार ०७:१४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।