एसीसी महिला प्रिमियर कप : कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कप : कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौं : मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको हो। उसका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रन बनाइन्।

बालासुब्रमनी शान्ति र खडिजा खलिलले समान १३/१३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन्। रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।

आजको विजेताले थाइल्याण्डसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

फागुन २, २०८० बुधबार १३:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।