च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध म्यानचेस्टर सिटी जित

च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध म्यानचेस्टर सिटी जित

काठमाडौं : म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा कोपनहेगनविरुद्ध ३-१ को जित निकालेको छ।

डिफेन्डिङ च्याम्पियन सिटीले एफसी कोपनहेगनलाई राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा ३-१ गोल अन्तरले पराजित गरेको हो।

एफसी कोपनहेगनको मैदानमा केभिन डी ब्रुएनले गोल गर्दै १० औं मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए। उनले फिल फोडेनको पासमा गोल गरेका थिए।

३४औं मिनेटमा मग्नुस म्याटसनले गोल गरेपवछि कोपनहेगनलाई बराबरीमा ल्याएका थिए।

४५औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २-१ ले अघि बढाए। दोस्रो हाफको अतिरिक्त समयमा फिल फोडेनले गोल गरेपछि सिटी ३-१ को सहज जित निकाल्न सफल भयो।

अब दोस्रो लेग बुधबार हुनेछ। उक्त खेल बराबरीमा मात्रै टुंगिदा पनि सिटी अन्तिम ८ मा प्रवेश गर्नेछ।

फागुन २, २०८० बुधबार ०९:०५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।