आज प्रणय दिवस, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

आज प्रणय दिवस, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

काठमाडौं : आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस।

विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ। विशेष गरी प्रेमी–प्रेमिकाहरूले आजको दिनलाई विशेष रूपमा मनाउने गर्छन्।

युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ। भ्यालेन्टाइन–डेका रूपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेष रूपमा मनाउने गर्दछन्।

प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदानप्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भालेन्टाइन–डे मनाउने गरिएको हो।

फागुन २, २०८० बुधबार ०८:४३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।