अनिल र देवलाई समेट्दै लिग-२ खेल्ने १५ सदस्यीय टोली घोषणा
काठमाडौं : बिहीबारदेखि सुरू हुने आईसीसी विश्वकप लिग २ को पहिलो सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।
यसअघि अर्जुन साउद र रिजन ढकाललाई समावेश गरेर टोली घोषणा गरिएको भए पनि क्यानडा सिरिजपछि टोलीमा दुई परिवर्तन गरिएको छ।
क्यानडा सिरिजपछि टोलीमा अनिल शाह र देव खनालले स्थान बनाएका छन्। यसअघि यी दुई वैकल्पिक सूचीमा मात्र थिए। क्यानडा सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनीहरूलाई समेटेर नयाँ टोली घोषणा गरिएको हो।
क्यानडाविरुद्धको सिरिजमा विश्राम लिएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा टोलीमा फर्किएका छन्।
लिग-२ का खेलहरू १५ फेब्रुअरीदेखि २५ फेब्रुअरीसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। जस अन्तर्गत नेपालले पहिलो खेल बिहीबार नामिबियासँग खेल्दैछ।
यस्तो छ लिग-२ खेल्ने १५ सदस्यीय नेपाली टोलीः
रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, देव खनाल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सूर्य तामाङ
फागुन २, २०८० बुधबार ०८:०६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।