छ प्रदेशममा वर्षाको सम्भावना

छ प्रदेशममा वर्षाको सम्भावना

काठमाडाैं : देशका छ प्रदेशका केही भूभागमा आज वर्षा हुने अनुमान छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले राति कोशी र मधेश प्रदेशलगायत बागमती प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम साधारणतया सफा रहनेछ।

कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

फागुन २, २०८० बुधबार ०७:१८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।