प्रदीपलाई ज्यान घट्ला भन्ने कत्रो पिर!

प्रदीपलाई ज्यान घट्ला भन्ने कत्रो पिर!

काठमाडौं : फिल्म ‘पुजार सार्की’को सुटिङका लागि कास्की पुगेका अभिनेता प्रदीप खड्काको दैनिकी अरूको भन्दा अलिक फरक छ।

सुटिङ स्थलमा आफ्नो ज्यान तन्दुरुस्त राख्न र एकनास राख्न बिहान–बिहान डम्बेल उठाउँदैछन्। सुटिङ गर्दा मात्र नियमित व्यायाम नपुगेर ज्यान घट्दा भन्ने उनलाई ठूलो पिर छ।

मंगलबार उनले आफ्नो आधिकारिक इन्स्टामा एउटा भिडियो क्लिप राख्दै पारिलो घाममा डम्बेल उचाल्दै व्यायाम गरिरहेका छन्। भिडियोमा उनी चौरमा बसेर पारिलो घाममा व्यायामलाई निरन्तरता दिएको देखिन्छ।

दिनेश राउतले निर्देशन गरिरहेको यो फिल्ममा प्रदीपका अलवा आर्यन सिग्देल, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बूको मुख्य भूमिका रहेको छ।

फिल्मलाई सुवास भुसालले लगानी गरेका हुन् भने विकास सुवेदीको लेखन छ।

फागुन १, २०८० मंगलबार १२:१६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।