बोर्डको सदस्यले पैसा असुलेको भन्दै उजुरी हालेको कार्यक्रममा पुगे बोर्ड अध्यक्ष भुवन

बोर्डको सदस्यले पैसा असुलेको भन्दै उजुरी हालेको कार्यक्रममा पुगे बोर्ड अध्यक्ष भुवन

दुई साता अघि बेलायतमा नेपाली चलचित्र सम्बन्धी कार्यक्रम गर्ने भन्दै इन्टरनेशनल डेल्फिक काउन्सिल नेपाल शाखाले कलाकारहरूसँग एक हजार युरो( करिब एक लाख ४४ हजार) असुलेको भन्दै चलचित्र विकास बोर्डका सदस्यले उजुरी गरेका थिए।

कार्यक्रममा सहभागिता नहुन आग्रह गर्दै बोर्डका सदस्य बुढाथोकीले संस्थाले भिसा लाग्ने कलाकारहरूसँग रकम माग गरेको भन्दै चलचित्र विकास बोर्डदेखि सञ्चार मन्त्रालयसम्ममा उजुरी दिएका थिए।

बोर्डका सदस्यले दिएको उजुरीका आधारमा मन्त्रालयले अध्यक्ष केसीलाई स्पष्टीकरण समेत सोधेको थियो। तर् आरोपबारे छानबिनको साटै उनी आफैँ विवादित कार्यक्रममा भाग लिन बेलायत पुगे। विवादका कारण जनवरीमा हुने भनिएको कार्यक्रम सरेर फेब्रुअरीमा आइपुगेको थियो।

शनिवार बेलायतमा भएको कार्यक्रममा ‘नेपाली फिल्मको ६ दशक चुनौती र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोर्डका तर्फबाट प्रमुख अतिथिका रूपमा अध्यक्ष केसी सहभागी भएका थिए।

बोर्ड सहभागिता बनेको कार्यक्रममा नेपाली चलचित्रकर्मीको खासै उपस्थिति थिएन। कार्यक्रममा चलचित्र बुझेको मान्छेहरू उनी बाहेक अरू देखिँदैनन्। परिचित अनुसारमा निर्देशक देवेन्द्र पाण्डे, भुवन केसी लगायत केही सहभागी छन्।

नेपाली फिल्मको व्यापार विस्तारका लागि भन्दै राखिएको कार्यक्रममा फिल्मकर्मी नै देखिँदैनन्। त्यहाँ अधिकांश बेलायतमा बसोबास गर्दै आएका केही नेपालीबिच भेटघाट कार्यक्रम जस्तो देखिन्थ्यो।

यसअघि विवादित एक कम्पनीसँग बोर्डले सहकार्य गरेर दुबईमा ‘फिल्म महोत्सव’ गरेको आरोप लागेको थियो। त्यसको आरोपमा पनि भुवनले कुनै कुरा सुन्दै नसुनी सहभागिता भएका थिए। उजुरीकर्ता बोर्डका प्रवक्ता समेत रहेका बुढाथोकीले आफू बिरामी भएकाले थप कदम चाल्न नसकेको बताए।

उजुरीका बारेमा बुझ्न खोज्दा उनले भने,‘नयाँ केही भएको छैन। उजुरी दिएपछिको बिचमा म बिरामी भएँ।’ 

माघ २९, २०८० सोमबार २०:०४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।