राष्ट्रपतिबाटै भेदभाव, समर्पण लामा विजेताहुँदा वास्तै नगरेका राष्ट्रपति पौडेलले उत्कृष्ट १० बाट बाहिरिएकी मेनुकालाई सम्मान गरे

राष्ट्रपतिबाटै भेदभाव, समर्पण लामा विजेताहुँदा वास्तै नगरेका राष्ट्रपति पौडेलले उत्कृष्ट १० बाट बाहिरिएकी मेनुकालाई सम्मान गरे

काठमाडौँ : भारतको निजीतहको रियालिटी सो इन्डियन आइडलको उत्कृष्ट दशसम्म पुगेकी नेपाली गायिका मेनुका पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन्।

राष्ट्रपति पौडेलले उनलाई सोमबार शीतल निवासमा सम्मान गरेका हुन्। राष्ट्रपति पौडेलले  मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने बताए।

उनले मेहनत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको प्रगतिको कामना गरे।

भारतको रियालिटी शोमा सहभागी हुनेमा मेनुका पहिलो भने हैनन्। डान्सिङ लगायतका रियालिटी शोज्हरुमा सहभागी भएर नेपालीले उपाधि नै जितेका छन्।

नेपाली नागरिक सुशान्त खत्री भारतमै बसेर प्रशंसा पाइरहेका छन्। उनको फ्यान फलोइङ समेत राम्रो छ। तेरिया मगर झलक दिखलाजाको विजेता नै भएकी थिइन्। उनी डान्स इन्डिया डान्सको तेस्रो सिजनको विजेता समेत हुन्। भारतकै अर्को डान्सिङ रियालिटी सो इन्डियन बेस्ट डान्सर सिजन तीनको विजेता नै भएका थिए समर्पण लामा। लामा विजेताहुँदा पौडेल राष्ट्रपति भइसकेका थिए।  

अर्थर गनको रूपमा परिचित दिवस पोखरेल अमेरिकन आइडलको उपविजेता नै बनेका थिए। तर यस अगाडिका प्रतिभाहरूलाई राष्ट्रपति कार्यालयले वास्ता गरेको थिएन।

माघ २९, २०८० सोमबार १८:३५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।