महिला मन्त्रालयको भन्दा पनि बिजोग देखियो अर्थको, महिला मन्त्रालयले ११ प्रतिशत खर्च गर्दा अर्थको नौ प्रतिशत

महिला मन्त्रालयको भन्दा पनि बिजोग देखियो अर्थको, महिला मन्त्रालयले ११ प्रतिशत खर्च गर्दा अर्थको नौ प्रतिशत

काठमाडौँ : विनियोजित बजेटमा खर्च गर्न नसक्ने मन्त्रालयको रूपमा परिचित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई यस पटक अर्थ मन्त्रालयले टपेको छ।

आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको मन्त्रालयगत खर्च विवरणमा महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालयले विनियोजित बजेटको ११.३९ प्रतिशत खर्च गर्दा अर्थ मन्त्रालयले जम्मा ९.९० प्रतिशत मात्र खर्च गरेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको विवरणमा खर्चको प्रतिशतको आधारमा परराष्ट्र मन्त्रालय सबैभन्दा अगाडि छ। ६ महिनाकोवीचमा अर्थले विनियोजित बजेटको ८० प्रतिशत बजेट सक्काइसकेको छ।

सरकारले महिला तथा बालबालिका मन्त्रालयका लागि एक अर्ब ५७ करोड रकम विनियोजन गरेको थियो। त्यसमा १७ करोड ९५ लाख खर्च भइसकेको छ। अर्थ मन्त्रालयका लागि ४१ अर्ब विनियोजन भएकोमा पुससम्ममा जम्मा ४ अर्ब मात्र खर्च भएको छ।

परराष्ट्रका लागि चालु आर्थिक वर्षका लागि सात अर्ब, ११ करोड बजेट विनियोजन भएको थियो। त्यसमध्ये पाँच अर्ब ७१ करोड खर्च भइसकेको छ। परराष्ट्रपछि विनियोजित बजेटमा सबैभन्दा धेरै खर्च गर्नेमा शिक्षा, रक्षा र गृह रहेका छन्।

शिक्षाले विनियोजित बजेटको ४९ प्रतिशत खर्च गरिसकेको छ। रक्षालाई ५८ अर्ब ८४ करोड विनियोजन भएकोमा ६ महिनामा ४६ प्रतिशत अर्थात् २७ अर्ब ४३ करोड खर्च गरिसकेको छ। गृहले एक अर्ब, ९४ अर्ब ७९ अर्ब ४१ करोड खर्च गरिसकेको छ।

अर्थमन्त्रीले सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ३४.८८, उद्योग वाणिज्यले २२.४५ प्रतिशत, ऊर्जाले ३१.६४ प्रतिशत विनियोजित बजेट खर्च गरेको देखिन्छ।

अन्यको अवस्था :

माघ २९, २०८० सोमबार १८:१७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।