पशुपति शर्माको ‘सोच्दा सोच्दै गयो जिन्दगी’

पशुपति शर्माको ‘सोच्दा सोच्दै गयो जिन्दगी’

काठमाडौं : ‘मलाई अमेरिका यही’, ‘लुट सके लुट कान्छा’लगायत गीतपछि गायक पशुपति शर्माले ‘सोच्दा सोच्दै गयो जिन्दगी’ भन्दै दुखेसो गरेका छन्।

उनले आफ्ना स्रोता तथा दर्शकमाझ आफ्नो उमेर सोच्दा सोच्दै बुढेसकाल लागेको कुरा गरेका हुन्।

उनले कुनै अन्तर्वार्तामा नभई शुक्रबार ‘सोच्दा सोच्दै गयो जिन्दगी’ बोलको गीतमार्फत यस्तो कुरा गरेका छन्। जुन गीत उनले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन्।

समसामयिक विषयलाई लोकगीतमार्फत पस्किने बानी परेका गायक शर्माले यो गीतमा पनि उस्तैगरी शब्द, संगीत अनि स्वर पनि आफ्नै राखेका छन्।

गीतको भिडियोमा समेत गायक आफै देखिएका छन्। उनलाई अभिनयमा अन्य कलाकारहरूले पनि साथ दिएका छन्।

दुर्गा पौडेलले निर्देशन रहेको भिडियोलाई दुर्गाले नै खिचेका छन्।

गीतको भिडियो उत्कृष्ट नभएता पनि गीत सन्देशमुलक रहेको छ। यस गीतको भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन्।

माघ २९, २०८० सोमबार १२:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।