स्वस्तिमा खड्का बनिन् शाओमीको ब्रान्ड एम्बेस्डर

स्वस्तिमा खड्का बनिन् शाओमीको ब्रान्ड एम्बेस्डर

काठमाडौँ : शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।

स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय भएका कारण एम्बेस्डर नियुक्त गरिएको कम्पनीले जनाएको छ।

अभिनेत्री खड्काको नियुक्तिपछि शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, 'हाम्रो सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।'

यस्तै, नव नियुक्त ब्रान्ड एम्बेस्डर खड्काले शाओमी ब्राण्डको ब्राण्ड एम्बेस्डर हुँदा खुसी भएको बताइन्।

उनले भनिन्, 'अत्याधुनिक र इनोभेटिभ स्मार्टफोन तथा एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ। मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउने छ।'

माघ २९, २०८० सोमबार ११:३५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।