सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

काठमाडौं : साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ तोलामा पाँच रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख १८ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रूपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रूपैयाँले घटेको थियो।

आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रूपैयाँमै कारोबार भैरहेको छ।

यस्तै, शुक्रबारको तुलनामा स्थिर आइतबार चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार ३ सय ९० रूपैयाँमा कारोबार भएकोमा आज पाँच रूपैयाँले बढेको छ।

चाँदी आज प्रतितोला १ हजार ३ सय ९५ रूपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

२९ माघ, २०८०, ११:१९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।