सुनसरीबाट एक करोड ८२ लाख बढी नेपाली नक्कली नोट बरामद

सुनसरीबाट एक करोड ८२ लाख बढी नेपाली नक्कली नोट बरामद

काठमाडौं : प्रहरीले एक करोड ८२ लाख ५१ हजार रूपैयाँ नेपाली नक्कली नोट बरामद गरेको छ।

सुनसरी प्रहरीले बरामद गरिएका नोटहरू हजार रूपैयाँका छन्।

इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिक गाडी खानतलासी गर्दा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। नक्कली नोटसहित भारतको बीआर११एक्स ३४२९ नम्बरप्लेटको स्कोरपियो र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपीन रेग्मीले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय मोहमद सैयद छन्।

एसपी रेग्मीले उनलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको बताए।

माघ २९, २०८० सोमबार १०:२५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।