आधा घन्टा लगाएर श्रीस्वस्थानी पूजा गरे ओलीले

आधा घन्टा लगाएर श्रीस्वस्थानी पूजा गरे ओलीले

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको साँखु स्थित शालीनदी पुगेर श्रीस्वस्थानी तथा माधवनारायणको पूजा अर्चना गरेका छन्।

आइतबार धर्मपत्नी राधिका शाक्यसहित साँखु शालीनदी पुगेका अध्यक्ष ओलीले श्रीस्वस्थानी र माधवनारायणको मन्दिरमा पूजा गरेका हुन्।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार ओलीले झन्डै आधा घण्टा पूजा गर्नुका साथै शालीनदी मेलाको अवलोकन गरेका थिए।

अध्यक्ष ओलीलाई शंखरापुरको ऐतिहासिकता, धार्मिकस्थल तथा शालीनदीको बारेमा जानकारी गराएको श्रेष्ठले बताए।

२९ माघ, २०८०, ०८:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।