रियलमीको मेमोरी च्याम्पियन सि ५१ नयाँ भेरिएन्टमा, यस्ता छन् मूल्य र विशेषता

रियलमीको मेमोरी च्याम्पियन सि ५१ नयाँ भेरिएन्टमा, यस्ता छन् मूल्य र विशेषता

काठमाडौँ : रियलमीको रियलमी सि ५१४+१२८ जिबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ।

आकर्षक ग्लिटरी लुकमा उपलब्ध रियलमी सि ५१ को मूल्य १४,४९९ रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५१ ले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेल्ड तस्बिर खिच्न सक्नेछ। कम्पनीका अनुसार ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५१ ले कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गरेको छ।

३३ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५१ मा ५००० एमएएचको ब्याट्री राखिएको छ।

रियलमी सि ५१ मा ४ जिबी सम्मको डायनामिक र्यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुने भन्दै १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले गेमिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

रियलमीको ४+६४ जीबी स्टोरेज भेरिएन्ट पनि १३,४९९ रूपैयाँमा उपलब्ध छ।

माघ २९, २०८० सोमबार ०८:२५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।