आलमको मुद्दामा साक्षी झिकाउन जिल्ला अदालतको आदेश

आलमको मुद्दामा साक्षी झिकाउन जिल्ला अदालतको आदेश

रौतहट : जिल्ला अदालत रौतहटले बम विस्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा साक्षी बुझ्न आदेश दिएको छ।

न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आइतबार सरकारी साक्षी तथा गवाह बुझ्न र गौरीशङ्कर रामको स्वास्थ्य परीक्षणको रिर्पोट झिकाउन आदेश दिएको हो।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा राजापुरमा भएको बम विस्फोटमा घाइते भएकाहरूको उपचारको साटो इटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनी कारागारमा छन्।

लामो समयसम्म अनुसन्धान हुन नसकेको यो मुद्दा २०७६ मा ब्युँतिएको थियो। सोही वर्षको कात्तिक १८ गते अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो।

आलमसहित ११ जना प्रतिवादी रहेको मुद्दामा आलम पुर्पक्षको आदेशको विरुद्धमा उच्च र सर्वोच्च गए पनि जिल्लाकै आदेश सदर भएको थियो। आलम नेपाली कांग्रेसमा आबद्ध रहेर राजनीतिमा सक्रिय थिए।

२८ माघ, २०८०, २३:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।