गीत गाउँदै गरेका गायक दुर्गेश थापामाथि स्टेजमै जुत्ता प्रहार

काठमाडौं : स्याङ्जामा गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार गरिएको छ।
शनिबार राति स्याङ्जाको वालिङ महोत्सवमा गीत गाइरहेका बेला उनीमाथि जुत्ता प्रहार गरिएको हो।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ महोत्सवमा प्रस्तुति दिन थापा स्याङ्जा पुगेका थिए। सार्वजनिक भएको भिडियो अनुसार थापामाथि पछाडिबाट जुत्ता प्रहार गरिएको देखिन्छ।
थापाले प्रस्तुति दिइरहेका बेला दर्शक प्रकाश डुम्रेले स्टेजतर्फ आफ्नो जुत्ता प्रहार गरेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी सञ्जय राउतले जानकारी दिए।
एसपी रावतले भने, 'हामीले डुुम्रेलाई नियन्त्रणमा लिएका थियौँ। तर, उनले मदिरा खाएको तालमा बढी एक्साइटेड भएर जुत्ता फालेको बयान दिए। जुत्ता दुर्गेशलाई लागेको होइन। आज दुर्गेशसहित छलफलपछि डुम्रेलाई पनि छाडिसक्यौँ।'
माघ २८, २०८० आइतबार २१:२६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।