कांग्रेसको केन्द्रीय समिति बैठक फागुन ३ देखि

कांग्रेसको केन्द्रीय समिति बैठक फागुन ३ देखि

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आउँदो फागुन ३ गतेदेखि बस्ने भएको छ।

ललितपुरको गोदावारीमा फागुन ३ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

'आगामी फाल्गुण ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमितिको बैठक सम्बन्धमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

महासमिति बैठकको एजेन्डा तय र अरू तयारीका विषयमा छलफल गर्न सो बैठक बोलाइएको जनाइएको छ।

२८ माघ, २०८०, १८:१६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।