‘अगत्स्य’को ‘मायामा’ छल्कियो सौगात र मलिकाको प्रेम

‘अगत्स्य’को ‘मायामा’ छल्कियो सौगात र मलिकाको प्रेम

काठमाडौं : भ्यालेन्टाइन डेको छेको पारेर फिल्म ‘अगस्त्य च्याप्टर १’ को प्रेम भावपूर्ण गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ।

फागुन १८ गते रिलिज हुने फिल्मको गीतलाई ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक गरिएको हो।

एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको गीतमा एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको छ। गीतमा सबिन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता रहेका छन्।

गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झा लगायत फिचर्ड छन्।

भिडियोमा सौगात र मलिकाको प्रेमिभाव छल्किएको देख्न सकिन्छ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात र मलिकाका अलावा नाजिर हुसेन, निश्चल बस्नेत,प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का लगायतको अभिनय रहेको छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता रहेका छन् भने विश्व गौचन,अभिषेक चौधरी कार्यकारी निर्माता हुन्।

निर्माण पक्षका अनुसार यो फिल्म फागुनको १८ गते नेपालसहित अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ।

फिल्ममा सञ्जय लामाको छायाङ्कन, मनोज श्रेष्ठको भीएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत रहेको छ।

माघ २८, २०८० आइतबार १५:२५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।