आईसीसी यु-१९ विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै
काठमाडौं : दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्।
खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा शुरू हुनेछ।
पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा पुगेको हो भने चार पटक च्यम्पियन बन्ने दाउमा छ।
पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो।
५ पटकको विजेता भारत आईसीसी अन्डर नाइन्टिन विश्वकपको सर्वाधिक सफल टोली हो।
जारी विश्व कपमा नेपालले पनि प्रतिस्पर्र्धा गरेको थियो। नेपाल सुपरसिक्समा पुग्दे बाहिरिएको थियो।
माघ २८, २०८० आइतबार ०७:१८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।