पागल प्रेमी गायिका टेलर, प्रेमीको फुटबल म्याच हेर्न १२ घण्टा हवाई यात्रा

पागल प्रेमी गायिका टेलर, प्रेमीको फुटबल म्याच हेर्न १२ घण्टा हवाई यात्रा
तस्बिर : हलिउड लाइफ

एजेन्सी : माया गरे, हदै माया गर्ने। अनि घृणाको रूप पनि उस्तै। यस्तै देखिन्छ गायिका टेलर स्विफ्टको प्रेम यात्रा। अहिले उनी ट्रेविस केल्सको प्रेममा छिन्। अनि आफ्नो प्रेमीको फुटबल खेल हेर्न लगातार १२ घण्टाको हवाई यात्रा गर्न उनी राजी छिन्।

त्यसैले त उनी जापानको टोकियोमा भएको साङ्गीतिक कार्यक्रम सक्काए लगत्तै प्राइवेट प्लेनबाट यात्रा सुरु गरिसकिन् प्रेमीले फुटबल खेलेको हेर्न सुपर बाउल हिँडेकी छिन्।

३४ वर्षीया गी गायिका टोकियो डोममा भएको कार्यक्रम सक्किए लगत्तै हनेडा विमानस्थलमा पुगेकी थिइन्। उनी त्यहाँबाट लगातार १२ घण्टा उडेर लग भेगास पुग्नेछिन्। किनकि आइतबार उनको प्रेमीको टिम प्रतियोगितामा उत्रदैछ।

उनी जापानबाट उडेको सूचना सार्वजनिक भए लगत्तै उनका फ्यानहरूले उनको चार्टर्ड विमानको उडानको अनलाइन ट्रयाक गरेर कहाँ पुग्यो भन्ने विवरण सार्वजनिक गरिरहेका छन्।

गत गर्मी महिनाबाट यी दुवैको प्रेम यात्रा सार्वजनिक भएको हो। जब एक अर्कालाई सार्वजनिक रूपमा समर्थन गर्ने मौका पाउँछन् यी लजाउँदैनन्। एएफसी च्याम्पियनसिपमा टेलर उपस्थित भएर प्रेमीको टिमलाई समर्थन गरेकी थिइन्। जब उनको प्रेमिको टिमले जित्यो खुसीहुँदै उनले प्रेमीलाई चुम्बन उपहार दिएकी थिइन्।

बिचमा उनको प्रेमी ग्रामी अवार्ड जितेको खुसीयालीमा आयोजित पार्टीमा सहभागी भए।

माघ २८, २०८० आइतबार ००:०७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।