आमा घरबाट हाम फालेपछि दुई नाबालिग अचेत भेटिए, तीनै जनाको मृत्यु

आमा घरबाट हाम फालेपछि दुई नाबालिग अचेत भेटिए, तीनै जनाको मृत्यु

ललितपुर : ललितपुरको इमाडोलको एक घरबाट ३६ वर्षकी रविना महर्जनले हाम फालिन्। चौथो तलाबाट हाम फालेकी उनको अवस्था गम्भीर थियो। त्यही बेलामा उनको कोठामा ६ वर्षीय बालक र दुई वर्षीया बालिका अचेत अवस्थामा फेला परे।

उपचारकोक्रममा तीनै जनाको ज्यान गयो। घटनाको प्रकृतिले रविनाले घरबाट हाम फालेर आत्महत्या गरेको देखिए पनि एकिन हुन सकेको छैन। दुई नाबालिग कसरी अचेत भए खुलेको छैन।

घटनाको समयमा घरमा रविनाको श्रीमान् थिएनन्। घरमा कुनै सुसाइड नोट समेत फेला परेको छैन। तर युवतीले हाम फालेको प्रकृति र दुई नाबालिगहरू अचेत अवस्थामा फेला पर्नुले घरायसी कलहले घटना निम्त्याएको हुनसक्ने देखिएको ललितपुरका एक प्रहरी अधिकारीले शङ्का गरे।

तत्काल श्रीमानसँग बयान लिन सक्ने अवस्था नभएकाले प्रारम्भमा प्रहरीले आफ्नै तरिकाले अनुसन्धान अगाडि बढाएर पछि बयान लगायतका प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

माघ २७, २०८० शनिबार २३:२९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।