हिमांशुको ‘नयनले खोजी’ सार्वजनिक

हिमांशुको ‘नयनले खोजी’ सार्वजनिक

काठमाडौं : गीतकार हिमांशु रायमाझी ‘गोधुली’को शब्द सिर्जनामा ‘नयनले खोजी’ बोलको गीत सार्वजनिक भएको छ। उनले समिप ईन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेकी हुन्।

गीतलाई फिरोज बस्नेतले गाएका छन् भने संगीत पनि उनैले गरेका छन्।

सार्वजनिक भएको गीतको भिडियोमा अनिमा विश्वकर्मा, ईश्वर श्रेष्ठ, दिब्यान्स सिक्देल, सोरा कार्कीको अभिनय रहेको छ।

बिशाल थापाले खिचेको भिडियोमा सम्पादन तथा कलरिङ्ग नकुल खड्काले गरेका हुन्।

सुनिल बुडाथोकी सहायक निर्देशक रहेको भिडियोको निर्देशन दिलिप समनले गरेका हुन्।

यसअघि गीतकार रायमाझीले ‘एक कान दुई कान मैदान’, ‘झुमा झुमा’, ‘नपाएर होइन तिमीलाई’, ‘हाम्रो सम्बन्ध’, ‘बाडुल्की’लगायत गीत सार्वजनिक गरिसकेकी छिन्। जसमा ‘एक कान दुई कान मैदान’बोलको गीत स्रोता दर्शकमाझ अहिले पनि चर्चामा छ।

माघ २७, २०८० शनिबार १४:२५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।